चट्याङ लागेर एक जनाको मृत्यु

पर्सा, ६ असोज । चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ । खेतमा गएका बेला बहोदरामाई नगरपालिका–३ का २५ वर्षीय माधव रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका माधवलाई वीरगञ्जको नारायणी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।