भक्तपुर,१८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं।१ ९क० का लागि पार्टीले देवीप्रसाद अर्थात् डीपी ढकाललाई उम्मेदवार बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो। नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्य, चाँगुनारायण क्षेत्रका नेकपाका…