सत्ताको सेवक बनेर धर्म चल्नु हुँदैनः उपप्रधानमन्त्री पोख्रेल

काठमाडौँ, १७ कार्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन् । आइतबार धापासीस्थित हरिहर मन्दिरमा आयोजित विशेष कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस ‘तुलसी’ नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दै उनले सत्ताको सेवक बनेर धर्म चल्नु नहुने बताएका हुन् । उनले भने, ‘सत्ताको सेवक बनेर धर्म चल्नु हुँदैन…