काठमाडौँ, २६ असार । कान्ति बाल अस्पतालमा गत मङ्गलबार पेटमा बढेको ट्युमर झिकिएकी १० वर्षीया बालिका शीला नेपालीको मृत्यु भएको छ । प्यूठान भेडाबारीकी आठ महिनाको उमेरदेखि पेटमा बढेको सात केजीको ट्युमर कान्ति बाल अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक प्रा डा आरपी चौधरीको समूहले शल्यक्रिया गरी झिकेको थियो । सर्जन चौधरीका अनुसार शल्यक्रियापछि बिरामीलाई भेन्टिलेटरमा…