समाचार

कार्यालय सहयोगी घुससहित पक्राउ



सप्तरी, ७ असोज । सप्तरी सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग मोही लगत कट्टाको निर्णय गराइदिने भन्दै २ हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।