समाचार

श्री एयरलाइन्सले ५ सय रुपैयाँमा प्लेन चढाउने



काठमाडौँ, ७ असोज । श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने भएको छ ।

प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यो १२ असोज २०७६ बाट लागु हुने भएको छ । कम्पनीले ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको छ ।

सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने भएको छ । चेक इनका बखत उमेर खुल्न नसके छूट नपाइने कम्पनीले उल्लेख गरेको छ ।