ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १८ भदौ । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मन्थली नगरपालिका-२ बान्द्रेमा ना६त ६३०१ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल खस्दा मन्थली-१ सानिमदौका ४० वर्षीय धुर्व रोक्को मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका रोक्काको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ…