ट्रक र ट्याक्सी ठोकिँदा एकको मृत्यु : एकै परिवारका ४ जना घाइते

चितवन, ७ भदौ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । शुक्रवार भएको दुर्घटनामा परि मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी वराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार नारायणगढबाट…