अस्पतालमा नगरपालिकाले हस्तक्षेप गरेर सरकारको कार्यविधि समेत मिचेको छः बस्नेत

भक्तपुर,५भदौ । भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन परिवर्तन गरी भक्तपुर नगरपालिकाले नयाँ व्यवस्थापन गठन गरेको बिषयमा प्रतिनिधि सभाको बैठकमा आलोचना भएको छ । बैठकमा विशेष समय लिएर सांसद महेश बस्नेतले नेपाल सरकारको कार्यविधि अनुसार पनि भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा हस्तक्षेप गर्न नमिल्ने तर्क गर्नुभयो । उहाँले ‘नाफारहित उद्देश्यले क्यान्सर रिलिफ सोसाइटीको व्यवस्थापनमा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई…