काठमाडौँ, २५ साउन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले हरेक आमाबाबुले आफ्ना केटाकेटीलाई उनीहरुले भन्ने वित्तिक्कै मोवाइल, ट्याब र ल्यापटप होइन समय दिन आग्रह गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेभियर पब्लिक स्कुलमा आयोजित विद्यार्थी अभिभावक प्रशिक्षण कार्यक्रममा डिआइजि थापाले बाबुआमा असल भए भने छोराछोरी पनि…