चितवन, ८ असार । चितवनमा कारागारभित्र एक जना कैदीको मृत्यु भएको छ । शनिबार राति भरतपुर कारागारभित्र बारा जिल्लाको कलैया नगरपालिकाका ५८ वर्षीय भरतबहादुर थापाको मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताए । मृतक थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए,उनलाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महिना अघि चितवन पठाइएको प्रहरीले जनाएको…