बुटवल, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर थारुको मृत्यु भएको हो । जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको…