घरको छतबाट खसेर एक जनाको मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुरमा एक जनाको छतबाट खसेर मृत्यु भएको छ । शुक्रबार बिहान नगरपालिका-८ लिवालीमा छतबाट चिप्लिएर ४५ वर्षीय सूर्यलाल भूमिको मृत्यु भएको प्रहरीले जनाएको छ । भूमिको सव पोष्टमार्टम्को लागि भक्तपुर अस्पतालमा राखिएको छ ।