गोकर्णेश्वरमा धमाधम छाइँदै सुनको छाना

काठमाडौँ, २८ जेठ । लिच्छविकालीन गोकर्णेश्वर महादेव मन्दिरको छाना सुनले छाउने काम धमाधम भइरहेको छ। स्थानीयवासीको सक्रियतामा घरघरबाट तामाका भाडा संकलन गरेर मन्दिरको छानामा तामाको पातामा २३ किलो सुनको लेपन लगाएर छाउन सुरु गरिएको गोकर्णेश्वर नगरपालिका ४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पशुपतिनाथ, मनकामना मन्दिरको जस्तो पानी नचुहिने छाना छाउन १७…