यात्रुबाहक बसमा लुटपाट, एक जना पक्राउ

वीरगञ्ज, १७ जेठ । पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तर्गत १३ किलो जंगल नजिकै यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ । शुक्रबार बिहान ३ बजेतिर जलेश्वरबाट काठमाडौं गइरहेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा जीप र मोटरसाइकलमा आएको ६/७ जनाको समुहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै कन्टेक्टरसँग रहेको ४५ हजार नगद र मोबाईल…