चितवन, १६ जेठ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकिएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल९धुर्मुस०ले विज्ञप्ति निकालेर तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जानकारी गराउनुभएको छ । निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काएपछि निर्माणको काम रोकिएको छ । बुधबार बिहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएपछि काम…