काठमाडौँ, १८ जेठ । पहिलोपटक त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा कलेजो प्रत्यारोपण सफल भएको छ । अस्पताल प्रशासनका अनुसार डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको जनाएको छ । मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो…