काठमाडौँ, १२ जेठ । नेपालको राष्ट्रिय झण्डाको खोजीमा गुगल सर्च इन्जिनमा जानेहरूलाई एउटा अन्योल आइपर्छ । कारण चन्द्र र सूर्यका कोण सङ्ख्या नमिलेका झण्डा बेग्रेल्ती फेला पार्न सकिन्छ । कुनै झण्डामा चन्द्रका सातवटा कोण फेला पार्न सकिन्छ भने सूर्यका कोण १६ वटासम्म भएका झण्डा फेला पर्छन् । पछिल्लोपटक नयाँ गठन भएको नेपाल अभिभावक महासङ्घका पदाधिकारीहरूले…