ललितपुर, २७ बैशाख । ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलमा सवार भारत घर भई काठमाडौँको कुलेश्वर बस्दै आएका ३५ वर्षका अमरे आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकजना पैदलयात्री घाइते भएका छन् । घाइते पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको…