मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौँ, १३ वैशाख । नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । बिहीबार राती सुस्ता पश्चिमको सुनवल नगरपालिका–४ मा लु ३३ प ३८७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्वतको मासिला गाँउपालिका–१ घर भई सुनवलमा होटल गर्दै आएका मदन बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।…