तनहुँ, २२ फागुन । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । मंगलबार बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ…