रामेछाप, २१ फागुन । रामेछापको मन्थली नगरपालिका -१ मा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन । सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको बा१ज९९०१ नम्बरको माइक्रो बस आकाशेपुल नजिकै दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीया रामप्रसाद तुलाचनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकी मन्थली २ घर भएकी २० वर्षीया अञ्जना खड्कालाई थप उपचारका…