ट्याक्टर दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

हेटौँडा, २० माघ । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार साँझ फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर दुर्घटनामा भएको हो । दुर्घटनामा सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमा र सोही स्थानका ५० वर्षीय…