मोटरसाइकल दुर्घटना हुदा चालक घाइते

भक्तपुर, २ फागुन । भक्तपुरको च्यामासिंहमा  मोटरसाइकल दुर्घटना हुदा चालक घाइते भएका छन् । बुधबार विहान भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका २२ वर्षीय मोहन पौडेल बा ८६ प ६२४५ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएको प्रहरीले जनाएको छ । घाइते पौडेलको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।