भक्तपुर, २३ माघ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले इटा भट्टा व्यवसायीलाई नगरपालिका क्षेत्रभित्रका इटा भट्टा हटाउन आग्रह गर्नुभएको छ । नगरपालिकाले आयोजना गरेको इटा भट्टा व्यवसायीहरुसँग इटा व्यवसाय सञ्चालन गर्दाका कार्यविधी, मापदण्ड र प्रदुषण नियन्त्रणको व्यवस्था बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र इटा भट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीहरुलाई आग्रह…