जुवा खालमा ९ जना पक्राउ

काठमाडौँ, १२ पौष । काठमाडौँ मित्रनगरबाट जुवातास खेल्दै गरेको ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ९ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।…