भारतीय ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

झापा, २५ मंसिर । झापाको दमक चोकमा आज भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले…