प्रहरीसँगको झडपमा गोली लागेर एकको मृत्यु

सुनसरी, २४ मंसिर ।  सुनसरीको मुसहरी टोलमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एकको मृत्यु भएको छ । आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।  डकैती गर्न आएको एकजना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अन्य व्यक्तिहरु भने…