आज बालाचतुर्दशी : देशभरका शिवमन्दिरमा दिवंगतको सम्झानामा शतबीज छरी मनाइदै

काठमाडौँ, १९ मङ्सिर । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात बुधबार दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । बुधबार दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लागेको छ । आफ्नो परिवारभित्रका…