काठमाडौं, ३ मंसिर । सरकारले आजदेखि पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्दैछ । परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । सिंहदरबारका एकजना कर्मचारी र पाँचथरको एकजना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ । पहिलो चरणमा पाँचथरका एकलाख १० हजार नागरिक र सिंहदरबारभित्रका सातहजार कर्मचारीलाई…