कात्तिक २६, काठमाडौं । एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यी छ जनाले कात्तिक १६ मा नक्कली सुनलाई सक्कली हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सुनसरीका २५ वर्षीय पवन…