२४ घण्टाको विपद्‌ : तीनको मृत्यु, १६ घाइते

काठमाडौँ, ३१ चैत । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय ९ वटा विपद्जन्य घटना भएका छन् भने ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ । प्राधिकरणका प्रवक्ता…