आसोज २, काठमाडौ । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन काठमाडौं आएका गोविन्दाले आज बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । प्रधानमन्त्री ओलीसँगको भेटमा गोविन्दाकी छोरी टिना, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरीसहितका व्यक्तिको सहभागिता थियो ।