गोरखा, २५ चैत । मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न आएका बेलायती नागरिक थोम्पसन इयानको चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएको हो । पैदलयात्रामा रहेका उनी अचानक ढलेर मृत्यु भएको हो । गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले भने, ढलेकै स्थानमा उनको मृत्यु भएको…