मौन अवधिको पूर्ण पालना गर्न सरोकारवालाहरुलाई आयोगको आग्रह

काठमाडौं ७ मंसिर । आइतबार पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि विहिबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आगामी आईतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेतर्फ सचेत गराएको छ । मौन अवधि लागू भएसँगै मतदातालाई प्रभावित तुल्याउने वा दवाव दिने कुनै पनि…