बाबियाचौर, म्याग्दी, १६ असोज । जलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ । बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनः निर्माणका साथै थप पूर्वाधार निर्माण भएको हो । मन्दिरको पुनः निर्माण, पूर्वाधार विकास, व्यवस्थापन र संरक्षणका…