पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध

नवलपरासी, ३० साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने काम भइरहेको छ । हिलाम्य सडक भएका कारण समस्या भएको छ…