काठमाडौँ, २ साउन । हालसम्म निर्वाचन भएका स्थानीय तहमा ६० जना एकल महिला विधवा जनप्रतिनिधिमा निर्वाचित भएका छन् । मानवअधिकारका लागि महिला, एकल महिला समूह र एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालले ‘हामी सक्छौँ’ अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ती जनप्रतिनिधिलाई सम्मानित गरियो । उपराष्ट्रपति नन्दबहादुर पुनले सो…