यस वर्ष रक्षाबन्धन नागपञ्चमीमै

काठमाडौँ, १७ असार । यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ । साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले…