काठमाडौँ, १२ चैत । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो । प्रहरी…