पोखरा, १७ वैशाख । पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ । पर्यटकीय नगरी…