मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

काठमाडौँ, १३ वैशाख । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ । आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा भवनमा अति विशिष्ठ व्यक्तिका लागि विशेष कक्ष व्यवस्था हुनाका साथै नेपालमै पहिलोपल्ट उच्चस्तरीय आधुनिक कक्ष रहने जानकारी दिइएको…