मेलम्ची, ५ वैशाख । निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् । निर्वाचन आयोेगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् । मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि…