पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २ चैत । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।