दाङ, २७ फागुन । दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका -१३ बाह्रकुने दहनजिकबाट चरेससहित तीन जनालाई पक्राउ गरेको हो । …