काठमाडौँ, १५ फागुन । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । कञ्चनपुर प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका-५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो…