काठमाडौँ, १४ फागुन । प्रहरीले शिवरात्रिमा शंकास्पद गतिविधि गरेको आरोपमा ८० जनालाई पशुपतिनाथ क्षेत्रबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार निगरानीका क्रममा अवाञ्छनीय गतिविधि गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । अभद्र व्यवहार गर्ने, विगतमा राम्रो काम नगरेका ८० जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ…