काठमाडौँ, १० फागुन । भारतको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा अहिलेसम्म करिब ५८ करोड मानिसले संगममा स्नान गरेका छन् । समापन हुनुअघि संगम क्षेत्रमा गंगा–यमुनाको पानीको शुद्धताबारे दुईवटा रिपोर्ट बाहिर आएका छन् । यसैलाई लिएर नयाँ विवाद सुरु भएको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले फेब्रुअरी ३ मा राष्ट्रिय हरित न्यायाधीकरण (एनजीटी)लाई एउटा रिपोर्ट पेस गरेको…