कुम्भमेलाबाट फर्किएका चार नेपालीको मृत्यु, ६ जना घाइते

काठमाडौँ, १० फागुन । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने ६ जना घाइते छन् । उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लीलावती चौधरी, कञ्चनरूप–५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी…