करिब ६ लाखको धनमाल चोरी

काठमाडौँ, ९ मंसिर । काठमाडौँको टोखाबाट करिब ६ लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट स्थित प्रकाश श्रेष्ठको डेराबाट ५ लाख ८४ हजार बराबरको गहना र नगद चोरी भएको हो । श्रेष्ठ नुवाकोटको शिवपुरी गाउँपालिका–७ का स्थानीय हुन् । सोमबार साँझ भएको सो चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।…